logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

५० हजार खसीबोका उपत्यका भित्र्याउने व्यवसायीको तयारी

५० हजार खसीबोका उपत्यका भित्र्याउने व्यवसायीको तयारी


  • शुक्रबार, असोज १६ २०७७

  • काठमाडौँ । आउँदो दसैंलाई लक्षित गरेर उपत्यका ५० हजार खसीबोका र च्याङ्ग्रा भित्र्याइने भएको छ । दसैंमा बजारमा खसीबोकाको माग उच्च हुने भएकाले सोहीअनुसार व्यवसायीले भित्र्याउने तयारी गरेका हुन् ।

    यता खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले पनि तीन हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ । दसैंमा सवैले अनिवार्य रूपमा मासु खाने भएकाले अन्य समयको तुलनमा खसीबोका खपत धेरै हुने गर्छ ।

    यो वर्ष पनि दसैंमा उपत्यका ५० हजार खसीबोका खपत हुने व्यवसायीले अनुमान गरेका हुन् । दसैंलाई लक्षित गरेर निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गर्न सुरु गरिसकेका व्यवसायी दिपक थापाले जानकारी दिनुभएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय