काठमाडौँ । उत्तरी अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा कार्यरत नेपाली कामदारहरुको कोरोना परीक्षण चीनले गर्ने भएको छ ।
नेपालतर्फ कोरोना परीक्षणको रिपोर्ट ढिलो आउने भएपछि नाकामा काम गर्ने चालक तथा लेबरको कोरोना परीक्षण चीनले नै गर्ने भएको हो ।
रसुवागढी नाकास्थित मितेरी पुलमा दुई देशका अधिकारीबीच भएको बैठकमा चिनियाँ पक्षले नाकामा खटिएका कामदारमा कोरोना भए–नभएको जाँच गर्नका लागि पिसिआर परीक्षण गर्न सहमति जनाएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताउनुभयो ।
चीनले रसुवागढी नाका एकतर्फी रूपमा सञ्चालनमा ल्याएदेखि १७ जना चालक र ३२ जना लेबर गरी ४९ जना नाकामा खटिएका छन् ।