कपिलवस्तु । प्रहरीले भारततर्फ लादै गरेको आधा किलो सुन बरामद गरेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–५ बनकछियाबाट विशेष सूचनाका आधारमा प्रहरीले आधा किलो सुन बरामद गरेको हो ।
सुनसँगै प्रहरीले ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्तालाई पक्राउ गरेको छ । बरामद सुन र पक्राउ परेका दाजुबहिनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याइएको छ ।
घटनाको सबै विवरण भालि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने रुपन्देहीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।