पर्सा । पर्साको वीरगञ्जबाट नक्कली इन्सपेक्टरसहित पर्सा प्रहरीले केही व्यक्ति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नक्कली इन्सपेक्टर बाराका जीतपुर सिमराका अजय यादवसहितका केही व्यक्तिहरु पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुले वीरगञ्जको नगुवा नजिक देव पार्टी प्यालेशमा बसेर ठगीको योजनाको बनाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरुले प्रहरीमा जागिर लगाइदिने भन्दै रकम असुल्ने गरेको स्रोतको भनाइ छ । यसबारे थप जानकारी दिन अहिले ९ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने पर्सा प्रहरी प्रवक्ता नायव उपरीक्षक मनोजीत कुँवरले जानकारी दिनुभएको छ ।