काठमाडौं । कोरोना महामारीका कारण झण्डै छ महिनासम्म बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनमा आएको छ । असोज ५ गतेबाट परीक्षण उडान भइरहेको प्याराग्लाइडिङ कम्पनीले आजबाट नियमित सञ्चालनमा ल्याउन लागेको हो ।
नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले कोरोनाको जोखिमका कारण बन्द भएका कम्पनीहरुलाई पुनः बुकिङ सुरु गर्न लागेको जानकारी दिनुभयो सुरक्षाका निश्चित मापदण्ड अपनाएरे आजदेखि सञ्चालनमा आउने छ भण्डारीको भनाई छ ।
पोखराको आकाशमा हावामा खाँदै मनोरञ्जन गर्ने, गराउने प्याराग्लाइङिड पुनः संचालनमा ल्याउन पाउँदा व्यवसायीमा उत्साह थपिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभएको छ ।
पहिला सातहजार पाँचसय शुल्क रहेकोमा अहिले नेपालीहरुको लागि सहुलियत दिएर पाँच हजारमा बनाउने तयारीमा रहेकोे बताउनुभएको छ । पोखराको सराङकोट, तोरीपानी, मान्द्रे ढुंगाबाट ६० वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने र फेवाताल किनारमा अवतरण गर्ने गदर्छन् ।