logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

खाडीका चार देशबाट आजदेखि नियमित उडान सुरु

खाडीका चार देशबाट आजदेखि नियमित उडान सुरु


  • बिहिबार, असोज १५ २०७७

  • काठमाडौं । खाडीका चार देशबाट आज देखि नियमित उडान सुरु हुँदैछ । खाडीको देश साउदी, कतार, कुवेत र ओमानबाट भोलिदेखि नियमित उडान हुने भएको हो ।

    नियमित उडान भएपछि यी देशबाट स्वदेश फर्कन चाहने श्रमिकले सिधै टिकट काटेर घर फर्कन सक्ने दूतावासहरुले जनाएका छन् । भदौ १६ गतेदेखि मलेसिया र यूएईबाट नियमित उडान भए पनि साउदी, कतार कुवेत लगायतका देशमा पीसीआर परीक्षण सहज नभएको भन्दै यी देशबाट फर्कन खोज्ने नेपालीको लागि चार्टर्ड उडान भइरहेको थियो ।

    तर अब पीसीआर परीक्षण गरेर आउने श्रमिक सिधै होम क्वरेण्टीमा जान पाउनेछन् भने पीसीआर परीक्षण नगरी आएमा काठमाण्डौमा होटल क्वरेण्टीनमा बस्नु पर्नेछ । अब स्वदेश फर्कन सिधै सम्बन्धित एअरलाइन्स कम्पनीमा सम्पर्क गरेर टिकट काटी स्वदेश फर्कन पाइन्छ ।

    आजदेखि कतारबाट हिमालय र कतार एअरवेजले दिनमा १, १ उडान भर्दैछन् भने साउदीको रियादबाट, कुवेतको कुवेत सिटीबाट र ओमानबाट पनि नियमित उडान हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय