कठमाडौं । १७ औँ दिनदेखि सत्याग्रहमा बस्नुभएका डा. गोविन्द केसीको जीवन रक्षाका कुनै पहल नगरेको भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
सघंले विज्ञप्ति जारी गर्दै १८ औँ अनशनका बेला डा. केसीसँग गरिएको सम्झौता अनुसार सरकारलाई उहाँका माग पूरा गर्न संघले माग गरेको छ ।
सरकार स्वयंले स्वामित्व ग्रहण गरिसकेका सम्झौताहरुको अक्षरस कार्यान्वयन गरी सर्व साधारण नागरिकहरुको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि भनी गरिएको १९ औँ शान्तिपूर्ण सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्दै अबिलम्ब वार्ता टोली गठन गरेर डा. केसीको जीवन रक्षा गर्नु नेपाल सरकारकै प्रमुख दायित्व हो, विज्ञप्तिमा भनिएको छ ।
डा. केसीको जीवन रक्षाका निम्ती सरकारले वार्ता टोली गठन नगरे कठोर कदम चाल्न बाध्य हुने संघले चेतावनी दिएको छ ।