logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

आन्तरिक उडानमा यात्रुको चाप बढ्दो, भोलिबाट उडान थप हुँदै

आन्तरिक उडानमा यात्रुको चाप बढ्दो, भोलिबाट उडान थप हुँदै


  • बुधबार, असोज १४ २०७७

  • काठमाडौं । भोलिदेखि आन्तरिक उडान थप हुने भएको छ ।

    असोज ५ देखि खुलेको आन्तरिक उडानमा यात्रुको चाप बढ्दा उडान थप हुने भएको हो । २५ प्रतिशत मात्रै नियमित उडान हुँदा ९० प्रतिशत बढी यात्रु रहेको वायुसेवा कम्पनीले जनाएको छ ।

    हवाइ भाडा कम र स्वास्थ्य सुरक्षा राम्रो भएकाले यात्रु बढ्दै गएको वायुसेवा कम्पनीहरुको दाबी छ । आन्तरिक उडानमा बढी उडान गरिरहेका बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले यात्रुको आउजाउ राम्रो भएको बताएका छन् ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुको आवागमन राम्रो हुँदा उडान थप गर्न लागेको बताएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय