logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

रेल्वे कम्पनीमा जागिर खान ३२ हजारले दिए आवेदन

रेल्वे कम्पनीमा जागिर खान ३२ हजारले दिए आवेदन


  • बुधबार, असोज १४ २०७७

  • काठमाडौं । नेपाल रेल्वे कम्पनीमा जागिर खानको लागि ३२ हजार जनाले आवेदन दिएका छन् ।

    कम्पनीले गएको भदौ २९ गते विभिन्न पदमा एक सय २९ जनाको लागि आवेदन माग गरेको थियो । १५ दिनको समय दिएर आवेदन माग गरिएकोमा ३२ हजार जनाले आवेदन दिएका रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभएको छ ।

    उहाँका अनुसार पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिस्ट प्रकाशित हुनेछ । दोस्रो चरणमा अन्तरवार्ता पछि अन्तिम नामावली प्रकाशित गरिने छ ।

    उहाँले सोर्स फोर्स, चिनजान, नातागोताका आधारमा छनौट नगर्ने प्रतिवद्धता पनि पनि जनाउनुभएको छ । नेपालमा रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीले पाएको छ । सरकारले ढिलो गरी कम्पनी गठन र नियम ल्याउँदा भारतबाट आएको रेल सञ्चालन हुन सकेको छैन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय