logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन किन गर्दैछ ? यस्तो छ कारण

कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन किन गर्दैछ ? यस्तो छ कारण


  • बुधबार, असोज १४ २०७७

  • काठमाडौं । नेपाली कांग्रेसले सरकार विरुद्ध देशव्यापी रूपमा प्रदर्शन गर्ने तयारी गरेको छ । आज सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारीको बैठकले देशव्यापी रूपमा प्रदर्शन गर्ने तयारी गरेको हो ।

    असोज १९ गते बस्ने केन्द्रीय पदाधिकारीको समितिको बैठकले सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको बैठकमा सहभागी सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनु भयो ।

    कांग्रेसले संसद्को विशेष अधिवेशन बोलाउन समेत माग गर्ने विषयमा छलफल गरेको उहाँले बताउनु भयो ।

    सरकार भ्रष्टाचारमा रुमलिएको, कोरोना नियन्त्रणमा असफल भएको, १७ दिनयता अनसनरत डा. गोविन्द केसीका मागका विषयमा पनि कुनै चासो नदिएको भन्दै कांग्रेसले देशव्यापी रूपमा आन्दोलन गर्ने तयारी गरेको नेता महतले जानकारी दिनु भयो ।

    प्रदर्शन गर्न जिल्ला कार्यसमिति र भातृ संस्थालाई अघि सार्ने निर्णय गरेको बताइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय