logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

तातोपानी नाका १९ असोजदेखि सञ्चालन हुने

तातोपानी नाका १९ असोजदेखि सञ्चालन हुने


  • मंगलबार, असोज १३ २०७७

  • सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले साउन १९ गतेदेखि चीनबाट सामान नेपाल आइपुग्ने जानकारी दिनुभयो ।

    आज प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच नाका खोल्ने विषयमा सहमति भएको हो ।

    दुई देशको टोलीबीच असोज १८ गतेसम्म तयारी पूरा गर्ने र १९ गतेबाट चिनियाँ सामान नेपालमा झार्ने व्यवस्था गर्ने सहमति भएको प्रजिअ ढकालले बताउनुभयो ।

    सामान लोड अनलोड गर्ने मजदुरको हरेक ५—५ दिनमा पीसीआर परीक्षण गराउने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सहमति भएको उँहाले बताउनुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय