काठमाडौं । ट्राफिक प्रहरीले जोर–बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा सवारी जाँचमा कडाइ गरेको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागू हुनेगरी उपत्यकाभित्र जोर–बिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरे अनुसार कडाइ गरिएको हो ।
काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरीले ४५ स्थानमा कडाईका साथ चेकजाँच गरेको छ । आज ५ बजेसम्म गरिएको चेकजाँचमा १ हजार ५ सय ९५ सवारी साधनहरु कारबाहीमा परेका महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी रामेश्वर प्रसाद यादवले बताउनुभयो ।
ती मध्ये १ हजार २ सय ९० वटा दुइ पाङ्ग्रे सवारी छन भने ३०५ वटा चार पाङ्ग्रे सवारी साधन रहेका छन् ।