logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

रुसबाट २ करोड ५० लाख डोज कोरोना विरुद्धको भ्याक्सिन नेपाल ल्याइने

रुसबाट २ करोड ५० लाख डोज कोरोना विरुद्धको भ्याक्सिन नेपाल ल्याइने


  • मंगलबार, असोज १३ २०७७

  • काठमाडौं । रुसबाट २ करोड ५० लाख डोज कोरोना विरुद्धको भ्याक्सिन नेपाल आपूर्ति गर्ने व्यापारिक सम्झौता भएको छ ।

    आज रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा भ्याक्सिन आपूर्ति गर्न सम्झौता भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

    ट्रिनिटी फर्मास्युटिकल्सको माध्यमबाट नेपालमा कोरोनाविरुद्धको खोप स्पुतनिक–भी वितरण हुने जनाइएको छ । रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डले आफ्नो खोप विश्वभर निर्यात गरिरहेको छ ।

    रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको स्पुतनिक–भी भ्याक्सिनलाई केही समय अगाडि मात्र त्यहाँको सरकारले प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो ।

    हाल रुसको उक्त खोप विश्वका विभिन्न स्थानमा परीक्षण भइरहेको छ । खोपले सकारात्मक परिणाम दिइरहेको बताइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय