logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

नेकपाका दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा आज पनि मन्त्रीपरिषद पुनर्गठन हुन सकेन

नेकपाका दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा आज पनि मन्त्रीपरिषद पुनर्गठन हुन सकेन


  • मंगलबार, असोज १३ २०७७

  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा मन्त्रीपरिषद पुनर्गठन हुन सकेको छैन । मन्त्रिपरिषद पुनर्गठन तथा अन्य राजनीतिक नियुक्तीको बिषयमा छलफल गर्न आज बसेको दुई अध्यक्षबीचको बैठक पनि विना निष्कर्ष टुङ्गिएको छ ।

    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपवादबाहेक सबै मन्त्री हटाउन प्रस्ताव गर्नुभएको छ । तर अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली भने उक्त प्रस्तावमा सहमत नभएको बताइएको छ ।

    अहिले खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्ने र केही मन्त्रालय फुटाएर मन्त्री बनाउनुपर्ने अडान प्रधानमन्त्री ओलीको रहेको छ । यसअघि बसेको स्थायी कमिटी बैठकले मन्त्री हेरफेरको जिम्मा दुई अध्यक्षलाई दिएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय