logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

देशभर कोरोनाका सक्रिया संक्रमित २० हजार ३९६, थप १० जनाको मृत्यु

देशभर कोरोनाका सक्रिया संक्रमित २० हजार ३९६, थप १० जनाको मृत्यु


  • मंगलबार, असोज १३ २०७७

  • काठमाडौं । नेपालमा थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा गरिएको १० हजार ८९१ नमुना जाँचमध्ये १ हजार ५१३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

    देशभर २० हजार ३९६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

    यसैवीच कोभिड –१९ संक्रमणबाट १० जनाकोे मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा अहिलेसम्म ४९१ सङ्क्रमितको मृत्यु भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय