logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

यस वर्षको पद्मश्री पुरस्कार रद्द

यस वर्षको पद्मश्री पुरस्कार रद्द


  • मंगलबार, असोज १३ २०७७

  • काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ । हिजो खेमलाल–हरिकला प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै यस वर्ष दुवै पुरस्कार रद्द गरिएको जनाएको छ ।

    प्रतिष्ठानले असोज ११ गते पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्मश्री साहित्य सम्मान मोदनाथ प्रश्रितलाई दिने घोषणा गरेको थियो ।

    पुरस्कार घोषणा पछि केही विवाद र असहज परिस्थिति सिर्जना भएको र सम्मानित र पुरस्कृत दुवै सर्जकले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेकाले प्रतिष्ठानको आकस्मिक बैठकले यस वर्षको पुरस्कार रद्द गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताउनु भयो ।

    पुरस्कार घोषणा गर्दा कसैको भावनामा ठेस पुर्याउने उद्धेश्य नभएको विज्ञप्ति मार्फत जनाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय