logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न सरकारको प्रस्ताव

असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न सरकारको प्रस्ताव


  • सोमबार, असोज १२ २०७७

  • काठमाडौं । यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असेज २० देखि २५सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।

    विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।

    विभागले यो वर्ष करिब ५ लाख व्यक्तिले दशैंका लागि उपत्यका छाड्ने अनुमान गरेको छ । गत वर्षका दशैंमा करिब २० लाखले उपत्यका छाड्ने गरेकोमा यो वर्ष यस्तो संख्या करिब ४ भागले कम हुने अनुमान विभागको छ ।

    सरकारले गरेको प्रस्तावमा व्यवसायीहरुले घुमाउरो रुपमा असहमति प्रकट गरेका छन् । उनीहरुले यसबारे थप छलफल हुनुपर्ने भन्दै सार्वजनिक यातायात सञ्चालनका सम्बन्धमा सरकारले लिएको नीति पुनरावलोकन हुनुपर्ने माग अघि सारेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय