logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

कोरोना अपडेट : आज ७ सय ४२ जना संक्रमणमुक्त,१ हजार ३५१ जना संक्रमित थप,४ जनाको मृत्यु

कोरोना अपडेट : आज ७ सय ४२ जना संक्रमणमुक्त,१ हजार ३५१ जना संक्रमित थप,४ जनाको मृत्यु


  • सोमबार, असोज १२ २०७७

  • काठमाडौं । आज थप ७ सय ४२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै नेपालमा ५४ हजार ६ सय ४० जना संक्रमित उपचारपछि निको भएका छन् ।

    हालसम्म प्रदेश १ –५ हजार २६ जना,प्रदेश २– १३ हजार १७६ जना,बाग्मती प्रदेशमा –१५ हजार २१५ जना,गण्डकी प्रदेशमा –३ हजार २८५जना,प्रदेश ५मा –८ हजार ४६७ जना,कर्णाली प्रदेशमा –२ हजार ८५५ जना र सुदूरपश्चिम प्रदेशमा ६ हजार ६१६ जना डिस्चार्ज भएका छन् ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८० नमुना जाँचमध्ये १ हजार ३५१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    योसँगै संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ ।
    यसैवीच, थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय