logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्राइभेट पीसीआर ल्याव तथा अस्पतालहरुको चुनौती, परिक्षण शुल्क ३ हजार ८ सय ९९ लिने

प्राइभेट पीसीआर ल्याव तथा अस्पतालहरुको चुनौती, परिक्षण शुल्क ३ हजार ८ सय ९९ लिने


  • सोमबार, असोज १२ २०७७

  • काठमाडौं । प्राइभेट पीसीआर ल्याव तथा अस्पतालहरुले सरकारसँगको वार्ताबाट ठोस निश्कर्ष नआएसम्म पीसीआर परिक्षण शुल्क ३ हजार ८ सय ९९ लिने बताएका छन् । प्रेस विज्ञप्ति जारी गर्दै निजी प्रयोगशालाले सो शुल्क निर्धारण गर्नुको वैज्ञानिक आधार मन्त्रालयलाई पेश गरेको जनाएका छन् ।

    आठ वटा निजी प्रयोगशाला सञ्चालक तथा अस्पतालहरुले विज्ञप्ति जारी गर्दै पीसीआर परिक्षण शुल्कका बारेमा विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यममा आएका समाचारबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरुले पीसीआर ल्याव शुल्क सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल भइरहेको जनाएका छन् ।

    यस्तै उनीहरुले आफूले प्रदान गरेको सेवा महत्त्वपूर्ण र उच्चस्तीय रहेको दावी गर्दै महामारीको अवस्थामा मन्त्रालय र निजी प्रयोगशाला सञ्चालकबीचको असमझदारीले कसैको हीत नहुने पनि बताएका छन् । सरकारले पीसीआर परीक्षण शुल्क २ हजार तोकेपनि निजी प्रयोगशालाहरुले सो शुल्कमा लागत समेत नउठ्ने दावी गर्दै आफै शुल्क निर्धारण गर्दै पीसीआर परीक्षण गरिरहेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय