काठमाडौं । आगामी अक्टोबर १ तारिखबाट खाडी राष्ट्र कतारबाट नेपालका लागि दैनिक तीन वटा नियमित उडान हुने भएका छन् । नेपाली राजदूतावास दोहा कतारले एक सूचना जारी गर्दै सोे जानकारी गराएको हो ।
सूचनामा जनाइए अनुसार एक तारिख अर्थात् असोज १५ बाट दैनिकरूपमा दोहाबाट नेपाल, हिमालयन तथा कतार एयरवेजले एक एक उडान गर्नेछन् । अब कतारबाट नेपाल आउन चाहने यात्रुहरूले सम्बन्धित एयरलाइन्सका एजेन्सीहरूबाट टिकट लिएर कोरोनाको पीसीआर परीक्षण गरी ७२ घण्टा भित्रको रिर्पोट नेगेटिभ उल्लेख भएको प्रमाणपत्रको सक्कलप्रति लिएर सिधै उडान गर्न पाउने भएका छन् ।
साथै दूतावासको फाराम भर्नु नपर्ने र यसअघि फाराम भरिसकेका व्यक्तिले समेत सिधै सम्बन्धित एयरलाइन्सको टिकट खरिद गरेर उड्न पाउने जनाइएको छ ।