काठमाडौं । आज देशभरको मौसम सामान्य रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी र प्रदेश १ मा भने सामान्य वर्षा हुने संभाबना रहेको छ ।
हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेको छ । अहिले पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
दिउँसो प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
राति प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाको अनुसार काठमाडौ उपत्यकाको आजको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस र न्युनतम तापक्रम १९ दशमलब २ डिग्री सेल्सियस रहने छ । सुर्यदयो बिहान ५ बजेर ५५ मिनेटमा भएको थियो भने सुर्यास्थ साझ ५ बजेर ५घ मिनेटमा हुनेछ ।।