logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पूर्वपश्चिम राजमार्गमा बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गमा बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु


  • आइतबार, असोज ११ २०७७

  • वीरगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा–१ को दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० का तीर्थमान स्याङ्तान, उनकी श्रीमती ज्योती स्याङ्तान र छोराको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु तीनै जनाको घटना स्थलमै मृत्यु भएको हो ।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत निजगढबाट पथलैयातर्फ जाँदै गरेको ना।४।ख ७२४४ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको प्रदेश न।२—०३—००४ प ४४४२ नम्बरको स्कुटीलाई आज साँझ ठक्कर दिएको थियो ।

    ठक्कर दिने बसका फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय