logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

तीन दिनदेखि बन्द बुटवल – पाल्पा सडकखण्ड एकतर्फी खुल्यो

तीन दिनदेखि बन्द बुटवल – पाल्पा सडकखण्ड एकतर्फी खुल्यो


  • आइतबार, असोज ११ २०७७

  • बुटवल । अविरल वर्षासँगै आएको पहिरोले तीन दिनदेखि बन्द भएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड एकतर्फी खुलेको छ ।

    गत शुक्रबार रातिदेखि बन्द सडक आज दिउँसो सवा ३ बजेदेखि एकतर्फी खुलेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो ।

    अविरल वर्षाका कारण उक्त सडकखण्डमा एक दर्जन बढी ठाँउमा पहिरो खसेको थियो । पहिरोसँगै झरेका ठूला ढुंगा फोर्नुपर्ने भएकाले तत्काल सडक खुलाउन सकिएको थिएन ।

    राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, कास्की, पर्वत, बागलुङ, स्याङजा लगायतका जिल्लामा जाने तथा उताबाट आउने ३ हजार बढी सवारीसाधन बीच बाटोमा रोकिएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय