logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु


  • आइतबार, असोज ११ २०७७

  • काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको छ ।
    ६ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बारामा २०, ललितपुरमा ४२ र ७७ वर्षीय पुरुष, काठमाडौंमा ५० वर्षीया महिला, ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीमा ७२, बर्दियामा ६३ र ५०, अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ ।
    यसअघि हिजो नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय