logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपाली कंग्रेस भित्रको आन्तरिक कलह झनै चर्किँदै

नेपाली कंग्रेस भित्रको आन्तरिक कलह झनै चर्किँदै


  • आइतबार, असोज ११ २०७७

  • काठमाडौं । नेपाली कंग्रेस भित्रको आन्तरिक कलह झनै बढ्दै गएको छ । सभापति शेरबहादुर देउवाले एकलौटी हिसावले विभागलगायतमा गरेका मनोनयनले विबाद बढाएको हो ।

    सभापति देउवाले गरेका मनोनयन खारेज गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका केन्द्रीय सदस्यको माग छ । उनीहरूले असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा देउवाका कार्यशैलीविरूद्ध हस्ताक्षर बुझाउनेसमेत तयारी गरेका छन् । सभापति देउवालाई आज केन्द्रीय कार्यालयमार्फत् विरोध पत्र बुझाउने तयारी गरेको केन्द्रीय सदस्य गुरू घिमिरेले जानकारी दिनुभयो ।

    सभापति देउवाले २० भन्दा बढी विभागमा गरेको मनोनयन खारेज हुनुपर्ने अडान उनीहरूले राखेका छन् । सकेसम्म फागुनमै महाधिवेशन हुनुपर्ने उनीहरूको जोड छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय