logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

त्रिविको रोकिएको परीक्षा छठपछि हुने

त्रिविको रोकिएको परीक्षा छठपछि हुने


  • आइतबार, असोज ११ २०७७

  • काठमाडौ । कोरोना महामारिले रोकिएका त्रिविका परिक्षा छट पछि हुने भएको छ । परीक्षा सञ्चालनका लागि तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय पनि भइसकेको त्रिविले जनाएको छ ।

    छठपछि परीक्षा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभएको छ । छठलगत्तै परीक्षा गर्नका लागि दशैँअघि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्राचार गरिसकेको उहाँले बताउनुभयो ।

    पछिल्लो समय भदौको दोस्रो हप्तादेखि परीक्षा सुरु गरी दशैँअघि नै स्थगित सबै सेमेस्टरको परीक्षा गर्ने तयारी गरिएपनि पुन संक्रमण फैलिएपछि त्रिवि पछि हटेको थियो । त्रिविका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा गत चैत ७ गतेदेखिनै स्थगित रहेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय