काठमाडौं । आज ४१ औं विश्व पर्यटन दिवस विविध कार्यक्रम गरि मनाइदै छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउदै आएको छ ।
यसैबिच दिवसको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेश भटट्राईले शुभकामना ब्यक्त गदै नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गर्नुभएको छ । मन्त्री भट्टराईले सुरक्षाका मापदण्ड अपनाउँदै पुनरुत्थानका कार्यक्रम गर्न अपिलसमेत गर्नुभएको छ ।
कोरोना संक्रमण रोकथामको उद्देश्यले नेपालमा २०७६ चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दी र घुमफिरमा भएको नियन्त्रणले पर्यटन व्यवसाय तथा सेवामा उच्च क्षति पुगेको मन्त्री भट्टराईले उल्लेख गर्नुभएको छ ।
उहाँले आगामी दिनमा जनता एवं सरोकार समुदायका सुझाव, विज्ञहरुको सिफारिसको आधारमा नवप्रवर्द्धन र विकास सम्बन्धी योजना तथा कार्यक्रमलाई उच्च महत्वका साथ कार्यान्वयन गर्ने पनि बताउनुभएको छ ।