भक्तपुर । भक्तपुरमा ‘भीटीएम’ किटको अभावले स्वाब सङ्कलन नै रोकिने अवस्थामा पुगेको छ । वाग्मती प्रदेश सरकारले कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन गरिने परीक्षणका लागि प्रयोग हुने ‘भीटीएम’ किट नपठाएपछि स्वाब सङ्कलन नै रोकिने अवस्थामा पुगेको हो ।
भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले यसअघि कार्यालयले ल्याएको किट भक्तपुर अस्पताल, सूर्यविनायक, भक्तपुर र चाँगुनारायण नगरपालिकालाई वितरण गरेको तर अब किट दिन सक्ने अवस्थामा नभएको बताउनुभयो ।
कोरोना हब अस्पतालको रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा पनि किट अभाव भएको अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतमले जानकारी दिनुभयो ।