logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्राकृतिक विपत्ति : गण्डकी प्रदेशमा मात्रै १२६ जनाको मृत्यु

प्राकृतिक विपत्ति : गण्डकी प्रदेशमा मात्रै १२६ जनाको मृत्यु


  • शनिबार, असोज १० २०७७

  • कास्की । यो वर्ष मनसुन सुरु भएयता बाढी, पहिरो र चट्याङका कारण गण्डकी प्रदेशमा मात्रै १२६ जनाले ज्यान गुमाएका छन् ।

    नेपालमा गत जेठ अन्तिमदेखि मनसुन सुरु भएको थियो । त्यस यता असोज ९ गतेसम्म बाढी, पहिरो र चट्याङलगायत प्राकृतिक विपदमा परेर यो प्रदेशमा १२६ जनाले ज्यान गुमाएका गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरी कार्यालयका अनुसार प्राकृतिक विपत्तिमा परि २३ बेपत्ता भएका भने ८९ जना घाइते भएका छन् । प्राकृतिक विपदमा परेर प्रदेशका सबै जिल्लामा गरी हालसम्म एक हजार ६१५ परिवारका ६ हजार ७७३ जना विस्थापित भएका छन् भने ९७० घर जोखिममा रहेको बताइएको छ ।

    म्याग्दीमा सबैभन्दा बढी ७१७ घरका तीन हजार १२५ जना विस्थापित भएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय