काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।
यसैवीच नेपालमा हालसम्म ६ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण शून्य हुनेमा जिल्लाहरु रसुवा,मनाङ,मुस्ताङ,हुम्ला,मुगु र डोल्पा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर १८ हजार ३ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैवीच, कोभिड – १९ संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ जना पुगेको मन्त्रालयले जनाएको छ ।