logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बुटवल तानसेन सडक अवरुद्ध

बुटवल तानसेन सडक अवरुद्ध


  • शनिबार, असोज १० २०७७

  • बुटवल – रातभरको भीषण वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तरगर्त बुटवल तानसेन सडक खण्डको दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएकोे छ ।

    बुटवल तानसेन सडकखण्डमा पर्ने तिनाउ गाउँपालिका बिभिन्न ठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ बुटवलले जनाएको छ ।

    कार्यालयका अनुसार रातीदेखी नै तिनाउ गाउँपालिका १३ चरचरे, पावर हाउस, सिसुवा, पानीमिल, गौडेपुल, सिद्धबाबा मन्दिरलगायतका ठाउँमा पहिरो खसेको छ ।

    प्रहरीले पहिरो हटाउन पहल भईरहेको जनाएको छ । सडक अवरुद्ध भएपछि बुटवल पाल्पा,गुल्मी, स्याड्जा जाने र आउने सवारी साधनहरु वीच बाटोमै अलपत्र परेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय