काठमाडौं । अब छिट्टै मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको लगातारको छलफलपछि प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गर्नुभएको हो ।
हिजो साँझ बसेको मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन चाँडै गर्ने संकेत गर्नुभएको छ । बालुवाटारमा बसेको बैठकमा उँहाले मन्त्रिमण्डलका केही सदस्यको बिदाइ हुन थालेको संकेत गर्दै त्यसका लागि मानसिक रूपमा ‘तयार रहन’ सन्देश दिनुभएको हो ।
बैठकमा ओलीले पार्टीमा छलफल चलिरहेकाले आफ्नो टिममा रहेका सदस्यमध्ये कतिपयलाई बिदाइ गर्नुपर्ने र कतिपयचाहिँ साथमै रहनुपर्ने स्थिति आउन सक्ने भन्दै मन्त्रिपरिषद् पुनर्गठनमा विलम्ब नगर्ने प्रस्ट सन्देश दिएको एक मन्त्रीले बताएका छन् ।