logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आईपीएल : चेन्नईलाई ४४ रनले पछि पार्दै दिल्लीको लगातार दोस्रो जित

आईपीएल : चेन्नईलाई ४४ रनले पछि पार्दै दिल्लीको लगातार दोस्रो जित


  • शनिबार, असोज १० २०७७

  • काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी- ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

    गए राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गर्दै दिल्लीले लगातार दोस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

    जितसँगै दिल्लीले २ खेलमा ४ अंक जोडेको छ । दिल्ली तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा दिल्लीले किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा पराजित भएको थियो ।

    तीन खेल खेलिसकेको चेन्नईको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा चेन्नई राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो ।

    चेन्नईले ३ खेलमा २ अंक जोडेको छ । चेन्नई तालिकाको पाँचौं स्थानमा रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय