logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

पाल्पा पहिरोमा हराएका पाँचै जनाको शव भेटियो

पाल्पा पहिरोमा हराएका पाँचै जनाको शव भेटियो


  • शुक्रबार, असोज ९ २०७७

  • पाल्पा । पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका  सबैको शव फेला परेको छ । विहीवार विहान पहिरोले घर बगाँउदा ५ जना वेपत्ता भएका थिए ।

    पहिरोमा बेपत्ता भएका ६० वर्षीया हुमबहादुर गाहा र ५० वर्षीया धनिसरा गाहाको पनि शव फेला परेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी मदन गिरीले जानकारी दिनुभयो ।

    यसअघि १६ वर्षीया कृष्णमाया गाहा, ८ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आलेको शव फेला भेटिएको थियो । पहिरोमा पुरिएको जानकारी पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासि खोजी जुटेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय