काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४५५ जना कोरोना संक्रमित डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ३१३ जना नँया संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार २६२ नमुना परिक्षणमध्ये १ हजार ३१३ जनाम संक्रमण देखिएको हो । योसँगै संक्रमितको कूल संख्या ७० हजार ६१४ पुगेको छ ।
यसैवीच, नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको पुष्टि गर्नुभयो ।