logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

आज हिमपात र हल्का वर्षाको सम्भावना

आज हिमपात र हल्का वर्षाको सम्भावना


  • बुधबार, पुष १६ २०७६

  • मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हिमपात र हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

    महाशाखाले जारी गरेको सूचनाका अनुसार देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का र मध्यम खालको हिमपात हुनेछ भने पहाड र तराईका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    नेपालमा यतिबेला पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेकाले देशभरी नै आंशिक तथा सामान्य बदली हुने महाशाखाले जनाएको छ ।
    यसैगरी, राति देशभर सामान्य बदली हुनेछ । रातको समयमा उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात हुनसक्ने र तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय