logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

घुस दिन खोजेको अभियोगमा वीरगञ्जबाट अम्बेया खातुन पक्राउ

घुस दिन खोजेको अभियोगमा वीरगञ्जबाट अम्बेया खातुन पक्राउ


  • शनिबार, पुष १२ २०७६

  • पर्सा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति सुरक्षाको काममा खटिएका प्रहरीलाई घुस दिन खोजेको अभियोगमा वीरगञ्ज महानगरपालिका–२  छपकैयाका अम्बेया खातुनलाई पक्राउ गरेको छ ।

    वीरगञ्जबाट हेटौँडा जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ताकपडा नियन्त्रणमा लिएपश्चात् ती सामान छुटाइदिन भन्दै खातुनले प्रहरीलाई रु २८ हजार घुस दिन खोजेको आरोप लागेको छ ।

    खातुनले इलाका प्रहरी कार्यालय जीतपुर, बाराका कर्मचारीलाई घुस दिन खाजेको आयोगले आज जनाएको छ । आयोगले घुस रकमसहित खातुनलाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । आरोपी खातुनको अनुसन्धान जारी रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय