logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

खेल्दाखेल्दै झ्यालबाट बारमा खसिन् बालिका

खेल्दाखेल्दै झ्यालबाट बारमा खसिन् बालिका


  • शुक्रबार, पुष ११ २०७६

  • घरका सरसामान चोर्नबाट बचाउन हामी अनेक किसिमका प्रयत्न गर्छौं।

    चोरी नहोस् भनेर कम्पाउण्डमा ठूल्ठूला बार लगाउँछौं। त्यत्तिले पनि नपुगेर फुटेका सिसा, किला, चुच्चा रडहरू समेत राख्ने गर्छौं।

    सुरक्षाका लागि बनाइएका त्यस्ता बारहरूले आफैंलाई घातक बनाउँछ भन्ने कसले पो सोचेको होला र?

    टोखा नगरपालिका-६ की एक बालिकाको लागि भने घरको बार नै उनको जिन्दगीमा घातक साबित बन्यो।

    सधैंझै ग्रिनल्याण्ड स्कुलकी ५ वर्षीया बालिका अनिषा पौडेल आमा पवित्रा पौडेलसँगै बुधबार घर फर्केकी थिइन्।

    घर फर्केर छोरीबाट एकछिन मात्रै आँखा छलेर पवित्रा शौचालय गएकी थिइन्। अनिषा भने खेलिरहेकी थिइन्। उनी खेल्दाखेल्दै एक्कासी कोठाको झ्यालबाट खसिन्। उनी सिधै भुइँमा खसिनन्। सुरक्षाका लागि राखिएका ती चुच्चा रडका बारमा खस्न पुगिन्।

    उक्त मार्मिक घटनाको भिडिओ अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

    उक्त भिडिओमा अनिषा ती चुच्चा रडमाथि परेको देख्न सक्छौं। त्यतिञ्जेल अनिषा जीवितै थिइन्, रोइकराइ गरिरहेकी थिइन्।

    त्यस्तो दृश्य देखेपछि प्रहरी तथा स्थानीय छुन समेत डराए। उनलाई कसरी निकाल्न सकिन्छ,उपाय निकाल्न थाले। केहीसीप नलागेपछि प्रहरी र स्थानीयले रड काटेरै अस्पताल पुर्‍याए।

    अनिषालाई अस्पताल पुर्‍याएको केहीबेरमै मृत घोषणा गरियो।

    उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त,टोखाका सई संजिप नापितले जानकारी दिए।

    बालिका झ्यालबाट खसेर सिधै ती रडमाथि खसिन् उनले भने,”निकाल्न नसकेपछि हामीले रड काटेर अस्पतालमा पुर्‍यायौं तर उपचारका क्रममा ज्यान गुमाइन्”।


    सम्बन्धित समाचार थप

    लोकप्रिय