logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

सीमा विवाद समाधानका लागि सरकार प्रयत्नशील छ: मन्त्री भट्टराई

सीमा विवाद समाधानका लागि सरकार प्रयत्नशील छ: मन्त्री भट्टराई


  • आइतबार, पुष ६ २०७६

  • काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भारतबीचको सीमा विवाद समाधानका लागि वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन् ।

    गोरखा नगरपालिका–४ पिपलथोकमा निर्माण गरिएको नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको पूर्ण कदको शालिकको आज अनावरण गर्दै उनले नेपालले कसैको भूमिमाथि आँखा नलगाउने र नेपालको भूमिमाथि पनि कसैले थिचोमिचो गरेको मान्य नहुने बताए ।

    ‘हामी कसैको भूमिमाथि पनि आँखा लगाउदैनौँ, हाम्रो भूमिमाथि पनि थिचोमिचो नहोस्, हाम्रो भूमिमाथि गलत ढङ्गबाट आँखा नलगाइयोस्’, मन्त्री भट्टराईले भने, ‘भारतले नेपालको भूमि समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि सरकारले वार्ता र संवादमार्फत विवाद समाधानका लागि प्रयत्न गरिरहेको छ ।’

    ‘नेपाल गौतम बुद्ध जन्मिएको भूमि हो, यहाँ युद्ध, अशान्ति र झगडाको गुन्जायस छैन’, उनले भने, ‘हामी आपसी समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न तत्पर छौँ ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय