logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

मान्छे बेच्दै, भाग्दै

मान्छे बेच्दै, भाग्दै


  • बुधबार, साउन १ २०७६

  • काठमाडौं, साउन १ : पाँच महिनामा विश्वका ६ स्थानबाट २ सय ३९ नेपालीको उद्धार भयो । तिनैमध्येकी एक हुन्, रसुवाकी सुनिता तामाङ (१९) । उनको सपना दुनियाँका लागि खासै ठूलो थिए । सामान्य परिवारमा जन्मे हुर्केकी उनी भाइबहिनीलाई पढाएर ठूलो मान्छे बनाउन चाहान्थिन् । त्यही झिनो सपनाले सुनितालाई कुवेतसम्म पुर्यायो ।

    गाउँकै चिनेजानेका एकजना दाइले उनको सपना साकार गर्न विदेश जानैपर्ने सुझाव दिएपछि सुनिता तयार भइन् । तिनै दाइले उनलाई रसुवाबाट काठमाडौँ हुँदै कुवेतसम्म पुग्न सहयोग गरे । सुरुमा सुनितालाई ती दाइ भगवान्जस्तै लाग्यो । तर, उनको त्यो सोच लामो समय टिकेन । कुवेत पुगेपछि मात्र सुनिताले आफू बेचिएको थाहा पाइन् ।

    रसुवाकी सुनिता त उदाहरण मात्रै हुन् । उनीजस्ता कयौँ पीडितले नेपाल फर्किएपछि कसैमाथि जाहेरी नदिएको घटना प्रहरीसामु तमाम छन् । यस्ता घटनामा जाहेरी नदिएकै कारण एजेन्टमाथि नाइकेसम्मलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा आकाश क्षेत्रीले लेखेका छन् ।


    https://www.youtube.com/watch?v=XGie9zMTeaQ&t=1272s


    सम्बन्धित समाचार थप

    लोकप्रिय