logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बाबुराम भट्टराइ हाली बने र हेर्नुहोस आफ्नो तस्बिर आफैले राखे फेसबुक मा

बाबुराम भट्टराइ हाली बने र हेर्नुहोस आफ्नो तस्बिर आफैले राखे फेसबुक मा


  • सोमबार, असार १६ २०७६

  • पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई हली बनेका छन् ।
    बाबुरामले राजनीतिबाट विरक्त लागेर पेशा नै हली बनाएका भने होइनन् ।
    धान दिवस तथा रोपाईं महोत्सवका अवसरमा बाबुराम आइतबार गृह जिल्ला गोरखामा किसानहरुसँगै रोपाईंमा रमाए । सरकारले हरेक वर्ष असार १५ लाई रोपाईं महोत्सव तथा धान दिवसका रुपमा मनाउँदै आएको छ ।
    बाबुराम दुई छुट्टाछुट्टै रोपाईं कार्यक्रममा सरिक भए ।
    पालुङटार नगरपालिका–१ ले आयोजना गरेको र सफल मल्टिपर्पोज कृषि फार्मको रोपाईंमा बाबुरामले गोरु जोते र कोदाली चलाए । बाबुराम छत्रे टोपी, कट्टु र टि–सर्ट लगाएर किसानकै भेषमा खेतमा काम गरिरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
    बाबुराम आफैंले उक्त तस्वीर पोस्ट गरेका हुन् ।
    NEWS BY SHITALNEWS.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय