logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एसईईमा फेल भयपछि एक युवकले गरे आत्महत्या’

एसईईमा फेल भयपछि एक युवकले गरे आत्महत्या’


  • सोमबार, असार १६ २०७६

  • बाजुरा जिल्लामा शुक्रबारबाट बेपत्ता भएका १५ बर्षिया किशोरले एसईईमा फेल भएको भन्दै झुण्डिएर आत्महत्या गरेका छन् । उनि शनिवार आत्माहत्या गरेको अवस्थामा फेला परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जिल्लाको बडिमालिका नगरपालिका वडा नं १ पिनालेखका बुदे कार्कीका १५ बर्षिया छोरा जंग कार्कीले झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

    एसईई परिक्षामा दुई विषय लागेको भन्दै शुक्रबार विहानबाट वेपत्ता भएका किशोर बायालकाटियामा टोलको नाउली खोला नजिकै गएर अयारको रुखमा झुण्डिएर आत्महत्या गरेको उनका आफन्तले बताए ।

    उनि गाँउको नजिकैमा रहेको जाल्पादेवी माध्यामिक विद्यालयमा अध्ययन गरि एसईई दिएका थिए ।

    विहिवार उनले रिजल्टआएपछी दुई विषय लागेको भनेका थिए । तर कुन विषय लागेको छ भन्ने थाहा थिएन,उनि शुक्रबार विहानबाट सम्पर्क विहिन भएको मृतकका आफन्तले बताएका छन् ।
    NEWS BY SHITALNEWS.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय