मोटरसाइकलमा आएका अपरिचित व्यक्तिको समूहले भक्तपुरमा दिनदहाडै एक महिलाको घाँटी रेटी हत्या गरेर फरार भएका छन् ।
चाँगुनारायण नगरपालिका ७ खरिपाटीमा छोरीको डेरामा बस्दै आएकी सिन्धुपाल्चोकको बोडेगाउँकी ६० वर्षीया सावित्री भटराईको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।
बिहान ११ बजेतिर मोटरसाइकलमा आएका दुई हतियारधारीले उनको घाँटी रेटी हत्या गरेर भागेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।
NEWS BY SHITALNEWS.COM