गजुरी–५ चिसापानीस्थित दलित वस्तीमा शुक्रबार पास्नीको भोज खाँदा ३७ जना बिरामी भएका छन् । स्थानीय राजाराम मिजारको छोरीको पास्नीको भोज शुक्रबार साँझ ७ वजेबाट सुरु भएको थियो ।
असार १३ गते चिसापानीका राजाराम मिजारका छोरीको पास्निको भोज खाँदा फुड पोईजन भई सोही दिनको बेलुकाबाट बिरामी पर्न थालेको स्थानीयले बताएका छन् ।
बिरामी परेकालाई रिङगटा लाग्ने, ज्वरो आउने, पेट पोल्ने, वाकवाकी लाग्ने समस्या भएपछि २५ जनाकाे गजुरी अस्पतालमा उपचार भईरहेको र १२ जनाको भने गाउँमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङ प्रवक्ता सुचना अधिकारी रुपक खड्काले बताउनुभयो ।
विरामी परेकाहरु ६ देखि ४६ वर्षसम्म उमेर समूहका छन्। अस्पतालमा उपचार गराए पछि भोजको आयोजना गर्ने राजाराम मिजारसहित सबैको अवस्था सामान्य हुँदै गएको प्रहरीले जनाएको छ।
बिरामी पर्नेहरूमा गजुरी–५ का २० वर्षीय राजाराम मिजार, ९ वर्षीय सुजित बिसुन्के, ३० वर्षीया सिता बिसुन्के, १५ वर्षीया सुस्मिता हराल, २८ वर्षीय कृष्ण बहादुर मग्राति, २० वर्षीया सितामाया मिजार, ४५ वर्षीया चनमति मिजार, ४५ वर्षीया हरिमाया बि.क, २७ वर्षीया जुनामाया मग्राति, ४६ वर्षीया सुकुमाया मिजार, ४६ वर्षीया जुरेलि मिजार ३४ वर्षीय सन्त मान श्रेष्ठ र १५ वर्षीया हिरा श्रेष्ठ रहेका छन् ।
त्यस्तै ९ वर्षीया प्रतिमा मिजार, ६ वर्षीय प्रदिप मिजार, २४ वर्षीया सर्मिला श्रेष्ठ, २८ वर्षीया प्रमिला मिजार, २५ वर्षीया पार्वती बयलकोटि, २८ वर्षीया लक्षम्ण बयलकोटि, २७ वर्षीया गिता मगर, २० वर्षीया कोपिला मिजार, ३५ वर्षीया काईलि मिजार, २३ वर्षीय राजकुमार बि.क. ३५ वर्षीया रेशम लाल श्रेष्ठ र १४ वर्षीया अस्मिता बिसुन्के रहेका छन् ।
उनीहरू सबैकाे अवस्था सामन्य रहेकाे प्रहरीले जनाएकाे छ ।
NEWS BY SHITALNEWS.COM