logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जलवायु परिवर्तनले मानवीय स्वास्थ्य सङ्कटमा पर्ने भयो। जान्नको लागि पुरा पढ्नुहोस् !!

जलवायु परिवर्तनले मानवीय स्वास्थ्य सङ्कटमा पर्ने भयो। जान्नको लागि पुरा पढ्नुहोस् !!


  • शनिबार, असार १४ २०७६

  • जलवायु परिवर्तनको सबैभन्दा नराम्रो असर एसियाली क्षेत्रमा पर्नेछ किनकि धेरैजसो देशहरूको अर्थ व्यवसाय कृषि तथा प्राकृतिक संसाधनहरूमा निर्भर गर्छ । नेपाल जस्तो देशले जलवायु परिवर्तनलाई लिएर बढी सचेत हुन आवश्यक छ । मानव शरीर रूपी मेसिनलाई प्राकृतिक रूपमा चल्नका लागि धर्ती, जल, अग्नि र वायु गरी पाँच तत्वलाई सन्तुलित गर्नुपर्ने हुन्छ । यी तत्वको असन्तुलनले मानिसको शरीरमा रोगव्याधी उत्पन्न गराउँछ । जलवायुमा प्रदूषणमा दुई तत्व मुख्य मानिन्छ– पहिलो जल र दोस्रो वायु । यी दुई तत्व सन्तुलित रहनु मानव स्वास्थ्यका लागि अति आवश्यक छ ।
    वैश्विक स्तरमा जलवायु परिवर्तनबाट हुन सक्ने खतराहरू महसुस हुन थालेको छ । विचार गर्ने हो भने परिवर्तन एउटा सार्वभौमिक सत्य हो । चिन्ता र चिन्तनको कुरा त्यतिबेला सुरु हुन्छ, जब कुनै पनि अप्राकृतिक सीमा नाघिसकेको जस्तो छ र मानवीय जीवनचक्र जोखिममा परेको छ । नयाँ नयाँ रोगहरूले जन्म लिँदैछ ।
    जनस्वास्थ्य
    जलवायु परिवर्तन सीधा असर मानिसको स्वास्थ्यमा पर्छ । जलवायु परिवर्तनबारे अन्तर सरकारी समूहले इ.सं. २००१ मा २१सौँ शताब्दीमा यसको प्रभावलाई लिएर केही आशङ्का गरेको छ । यस प्रतिवेदनमा केही प्रमुख तथ्यबारे ध्यान आकृष्ट गराएको थियो । जलवायु परिवर्तनका कारणले तापमानमा वृद्धि हुन्छ । बाष्पीकरणको सन्तुलन खराब हुन्छ र हाम्रो माटोको आद्रता असन्तुलित हुने गर्छ । यसको परिणाम स्वरूप हामीलाई खडेरीको प्रकोप व्यहोर्नु पर्छ । यो स्थिति निरन्तर भइरह्यो भने माटो मरुस्थलमा परिणत हुनेछ । माटो बाँझो हुनेछ । हामीसँग खाद्यपदार्थ उत्पादनका लागि प्रर्याप्त भूमि बच्ने छैन । हामी भोक कुपोषणको सिकार हुनेछौँ । यद्यपि यो स्थिति आज पनि छ तर जलवायु परिवर्तनका कारण यसको स्वरूप अरु विकराल हुन सक्तछ ।
    यसैगरी काउन्सिल अन एनर्जी एन्भारोमेन्ट एन्ड वाटरद्वारा जारी एक अनुसन्धानमा वैश्विक तापमान वृद्धिबाट उत्पन्न हुने विषय युद्धस्तरमा निवारण गरिएन भने २०५० सम्म गहुँ, धान र मकैमा २०० अरब डलरको उत्पादनको नोक्सानी हुनेछ ।
    शोधपत्रिका नेचरमा प्रकाशित मिसेल कोप्पसले आफ्नो अनुसन्धानमा लेखेकी छिन्, अन्टार्कटिकाको तुलनामा पेटागोनियामा ग्लासियर १०० देखि १०० गुणा तेजीले अपक्षरित भएका छन् । द्रुतगतिबाट बढिरहेको ग्लासियर अनुप्रवाहले उपत्यका तथा महाद्विपीय समतलमा धेरै पानी जम्मा गर्नेछ । माछापालन, बाधहरू तथा पर्वतीय इलाकाहरूमा बसोबास गर्ने मानिसहरूका लागि पिउने पानी उपलब्धतामा यसको प्रभावको सम्भावना बढ्ने छ । त्यस्तै एसियाली विकास बैङ्कले अनुमान अनुसार यस शताब्दीको अन्त्यसम्ममा समुद्री इलाकामा बसोबास गर्ने जनसमुदायको जीवन जोखिममा पर्नसक्ने छ । इन्डोनेसिया थाइल्यन्ड जस्ता देशले आफ्नो घरेलु उत्पादनको ६.७ प्रतिशत आर्थिक क्षति व्यहोर्नु पर्नेछ । त्यही वैश्विक घरेलु उत्पादनको स्तरमा यसै बेला २.६ प्रतिशतको नोक्सानी व्यहोर्नुपर्नेछ ।
    मानव स्वास्थ्यमा बढ्दो खतरा
    अमेरिकी मेटरलोजिकलको बुलेटिनमा विशेष परिशिष्ट रूपमा प्रकाशित स्टेट अफ द क्लाइमेट इन इ.स. २०१४ नामक प्रतिवेदनअनुसार वर्ष २०१४ यस शताब्दीको सबैभन्दा तातो वर्ष रहेको थियो । कुल ५८ देशका ४१३ वैज्ञानिकहरूको संलग्नतामा यो प्रतिवेदन तयार गरिएको थियो । नेसनल रिकोर्डले सन् १९०१ देखि लिएर अहिलेसम्म अभिलेख गरिएको तथ्याङ्कहरूमा इ.स. २०१४ सबैभन्दा बढी गर्मी भएको वर्ष भएको तथ्य हाम्रोसामु थियो । यसले स्वास्थ्यमा पर्ने असरबारे ध्यान आकृष्ट गर्दै विश्व स्वास्थ्य सङ्गठनको जनस्वास्थ्य पर्यावरण तथा सामाजिक गुणस्तर विभागले “विश्व यसै गतिमा गयो भने आउँदो ८० वर्षमा सतहको तापमानमा ४ डिग्री सेल्सियससम्मको वृद्धि हुने आशङ्का गरेको छ । यसले हजारौँ मानिस गर्मीसँग सम्बन्धित रोगबाट ग्रसित हुनेछन् । हामीले यसभन्दा बढी तातो हावासँग जुध्नुपर्नेछ । समुद्री आँधी, चक्रवात, बाढी जङ्गलमा हुने डढेलो जस्ता जलवायु परिवर्तनीय कारकले पहिले नै पश्चिमी संयुक्त राष्ट्रमा ८० लाख एकडभन्दा बढी जमिनमा क्षति हुनेछ । विश्वमा खाद्य सङ्कट तथा कुपोषण बढेर जानेछ ।
    जलवायु परिवर्तनकै कारणले आउने दिनमा मलेरिया, डेङ्गु र अन्य सङ्क्रमण बढ्ने छ । जलवायु परिवर्तनका कारण हुने मृत्युमा मलेरियाका योगदान सबैभन्दा बढी हुनेछ ।” यसबारेमा कमिसन अन हेल्थ एन्ड कलाइमेट चेन्ज २०१५ ले प्रकाशित गरेको प्रतिवेदनमा जलवायु परिवर्तनबाट ९ अरब मानिसको वैश्विक आवादीका लागि पछिल्लो आधा शताब्दीमा प्राप्त विकास तथा वैश्विक स्वास्थ्यसम्बन्धी लाभ नष्ट हुने खतरा छ । यसको असर सीधा स्वास्थ्यमा पर्नेछ र त्यो प्रभाव लु, बाढी, खडेरी र आँधीको बढ्दो प्रवृत्ति र तीव्रताका कारणले परिराखेको छ । यसमा भनिएको छ सङ्क्रामक रोगको रूपमा वायु प्रदूषण, खाद्य असुरक्षा र कुपोषण अनिच्छित विस्थापन र सङ्घर्षहरूबाट अप्रत्यक्ष प्रभाव पनि परिराखेको छ ।
    विश्व स्वास्थ्य संगठनका अनुसार ७४ करोड आठ लाख मानिस इ.स. २०१२ सम्म असंशोधित जलस्रोतको भरोसामा आफ्नो जीवन चलाई राखेका छन् । २०१२ सम्मको तथ्याङ्कले खुला ठाउँमा चर्पी गर्नेको सङ्ख्या १ अरबभन्दा बढी छ । तापमान वृद्धिले समुद्री सतह बढ्नाले बाढी जलभरावका कारण खानेपानीमा रासायनिक अपशिष्टहरूका सम्मिश्राणका कारण जलजनित रोगहरू हुने आशङ्का बन्ने सम्भावना छ । वाइल्डलाइफ कन्र्जवेसन सोसाइटीको प्रतिवेदनमा भनिएको छ बर्डफ्लु, कोलेरा, इबोला, प्लेग तथा ट्युवरकलोसिस जस्ता रोग जलवायु परिवर्तनका कारण धेरै छिटो फैलिने छ । युरोपमा १४औं शताब्दीमा ब्लैकडेथाल्पेस्का कारण एक तिहाइ मानिसको मृत्यु भएको थियो । फ्लु पानडेमिकबाट इ.स. १९१८ मा वैश्विक स्तरमा २ करोडदेखि ४ करोड मानिसको मृत्युभएको थियो, जसमा अमेरिकामा मात्र ५ लाख ६ लाख ७५ हजारभन्दा बढी मानिस मरेका थिए ।
    विश्वका ९७ देशका ३.२ अरब मानिस १.२ अरब मानिसमा मलेरिया हुन सक्ने आशङ्का छ । विश्व स्वास्थ्य सङ्गठनद्वारा जारी विश्व मलेरिया प्रतिवेदन सभा मलेरियाको लक्षण पाइएको थियो । यस रोगबाट ५ लाख ८४ हजार मानिसहरूको मृत्युभयो । मलेरियाबाट मृत्युमध्ये ९० प्रतिशत अफ्रिकी देशमा भएको तथ्य भेटिन्छ । मलेरिया मुक्त क्षेत्र मात्र ११ प्रतिशत छ । यसको अर्थ ८९ प्रतिशत मानिस मलेरिया प्रभावित क्षेत्रमा बसोबास गर्छन् ।
    विश्व स्वास्थ्य सङ्गठनको अनुमान अनुसार जलवायु परिवर्तनको कारण प्रत्येक वर्ष एक लाख ५० हजार मानिसको मृत्यु भइराखेको छ । कालाजार लिस्मेनियसिस रोगहरूको एउटा समूह मानिन्छ । पोथी फिलो बोटोमाइन सैन्ड फलाइले टोक्नाले मानिसमा यसको सङ्क्रमण फैलिन्छ । नयाँ तथ्याङ्काअनुसार विश्वका ९८ देशमा यो रोग पाइएको छ । प्रत्येक वर्ष २ देखि ४ लाख नयाँ रोगी थपिँदै छन् भने गम्भीर रूपमा कालाजारबाट पीडितको सङ्ख्या ७ लाखदेखि १२ लाखको जति छ । जसमा ९० प्रतिशत कालाजारका बिरामी बंग्लादेश, ब्राजिल, इथियोपियाँ, भारत, नेपाल र सुडानमा छन् । हात्तीपाइले रोगबाट विश्वका ७३ देश प्रभावित छन पूरै विश्वमा १ अरब ३० लाख ३० हजार मानिसलाई यस रोगबाट बचाउनका लागि सुरक्षा उपचार गर्न आवश्यक देखिन्छ । अफ्रिका दक्षिण पूर्व एसियाका समुद्री तटिय क्षेत्रहरूका ९४ प्रतिशत मानिस यस रोगका क्षेत्रमा बसोबास गर्छन् । जसलाई यो रोगबाट बचाउन औषधि उपलब्ध गराउन अति आवश्यक छ ।
    सिस्टोसोमिएस विश्वका ७८ देशमा यसको प्रभाव छ । यस रोगबाट बच्नका लागि ५२ देशका २६ करोड २० लाख मानिसलाई बचाउन औषधि उपचार गर्नुपर्ने आवश्यकता छ । तीमध्ये १२ करोड १२ लाख विद्यालयल जाने केटाकेटी पर्छन् ।
    जलवायु परिवर्तन र गरिबी
    जलवायु परिवर्तनको मार सबैभन्दा बढी गरिब मानिसमा पर्छ । पहिलेबाट नै खाद्य एवं आवासको समस्याबाट जुधिरहेको जनसमुदायका लागि जलवायु परिवर्तन र यसको प्रभाव त्रासदपूर्ण मानिन्छ । समाजशास्त्रीहरूका अनुसार गरिबी आफैमा रोगको पर्यावाची हो । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार दक्षिण एसिया परिक्षेत्रमा पूरै विश्वको २६ प्रतिशत जनसङ्ख्या बसोबास गर्छन् । यहाँ विश्वका ३० प्रतिशत गरिब छन् । सन् २०१५ को विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार ५ वर्षभन्दा कम उमेर केटाकेटीहरूको मृत्यु दरमा ८३ प्रतिशत केटा केटीहरूको मृत्यु सङ्क्राम रोगका कारण भइरहेको छ । मौसममा ठूलो स्तरमा हुने परिवर्तन जस्तै चक्रपात तथा बाढी आउने स्थितिमा झाडापखाला जस्ता रोगका लागि अनुकुल हुने गर्छ ।
    निष्कर्ष
    जलवायु परिवर्तनको असर एसियाको क्षेत्रमा पर्नेछ किनभने धेरै जसो देशहरूको अर्थ व्यवसाय कृषि तथा प्राकृतिक संसाधनमा आश्रित हुने गर्छ । नेपाल जस्तो देशले जलवायु परिवर्तनलाई लिएर ज्यादा सचेत रहन आवश्यक छ । प्राकृतिक रूपमा जिउनका लागि धर्ती, जल, अग्नि, आकास र वायु रूपी पाँच तत्वलाई सन्तुलित गर्नुपर्ने आवश्यकता पर्छ । यी तत्वहरूको असन्तुलनले मानिसको शरीरमा रोग उत्पन्न हुन्छ । भर्खरै पोल्यान्ड सम्मेलनमा उपस्थित राष्ट्रहरूले तापमान वृद्धि रोक्ने उपाय इन्धनमा कटौती ऊर्जा उपयोग प्रदूषण नियन्त्रणका नवीन प्रविधि जस्ता तमाम विषयमा अवश्य नै ध्यान पु¥याएका होलान । यी प्रश्नहरूको उत्तरमा नै जलवायु परिवर्तनबाट हुन सक्ने प्रलय रोक्न र वैश्विक स्वास्थ्य रक्षाको सूत्र लुकेका छन् ।
    (लेखक वरिष्ठ पशु चिकित्सक हुन् ।)
    NEWS BY SHITALNEWS.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय