logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मोरंगको लेटांग मा भयो अचम्म एक जवान युवाले आफ्नै लिङ्ग काटेर दुइ टुक्रा बनाए पुरा पढ्नुहोस

मोरंगको लेटांग मा भयो अचम्म एक जवान युवाले आफ्नै लिङ्ग काटेर दुइ टुक्रा बनाए पुरा पढ्नुहोस


  • शनिबार, असार १४ २०७६

  • मोरङको लेटाङ नगरपालिकामा बिहीबार दिउँसो सबैलाई अचम्मित पार्ने घटना भएको छ । सुन्दा पनि यसले सबैको आङ्ग सिरिङ्ग बनाउँछ । लिंग पुरुषको संवेदनशील अंग हो । कोही कसैले अर्काको लिंग काटिदिएको घटना भने सबैले सुनेकै हो । तर मोरङको लेटाङ नगरपालिका–३ मिलन चोकका २२ वर्षीय सुनिल राईले भने आफ्नै लिंग काटेर दुई टुक्रा बनाएका छन् । तरकारी काट्ने चक्कुले लिंग छिनाएपछि अवस्था गम्भीर बनेका उनलाई स्थानीय बासिन्दाले उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगेका थिए । प्रहरीले यस घटनालाई अनौठो मानेर अनुसन्धान अघि बढाएको छ ।
    बुवा बुमा राईले प्रहरीलाई दिएको जानकारी अनुसार सुनिलले कहिले काहीं असामान्य व्यवहार देखाउने गरेका थिए । जन्डिस सम्बन्धी पुरानो समस्या पनि रहेका उनले मादक पादार्थ सेवन भने नियमित गर्ने गरेको जानकारी बुमाले प्रहरीलाई दिएका छन् । नियमित मापसेकै कारण जन्डिस निको नभएको र त्यसपछि सुनिलले असामान्य व्यवहार देखाउने गरेको बताइएको छ । बुमाले केही समयदेखि सधैं एकोहोरो भएर टोलाइरहने र कहिले काहीं घर छाडेर हिंड्ने गरेको बताए । उनले भने, ‘सधैं एकोहोरो भइरहने ग¥थ्र्यो । कहिले काहीं घर छाडेर हिंडेपछि फर्किएर आउँदैन थियो । परिवारका सदस्य गएर खोजी गरेर ल्याउने गरेका थियौं । तर आज एक्कासि यो घटना आफैले गराएको देख्दा हामी पनि अचम्ममा प¥र्यौ ।’
    प्रहरीले घटना भएका बेला घरमा परिवारका अन्य सदस्य नभएको जनाएको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक योगराज खतिवडाले कहिले काहीं असामान्य व्यवाहरा देखाउने युवाले अनौठो घटना गराएको बताए । ४ वर्ष अघि बिहे गरेका सुनिलको ३ वर्षका छोरा पनि छन् । प्रहरीका अनुसार पारिवारिक सम्बन्ध भने राम्रो रहेको छ । ‘विभिन्न खाले व्यवहार देखाए पनि पारिवारिक सम्बन्धमा कुनै खटपट रहेको पाइएन,’ खतिवडाले भने, ‘प्रारम्भिक अनुसन्धानबाट मानसिक अवस्था त्यति ठीक नरहेको पाइएको छ ।’
    उनका अनुसार सुनिलले कहिले काहीं घर छाडेर हिंड्ने र नफर्कने गरेपछि परिवारका सदस्यले नै खोजी गरेर ल्याउने गरेको पनि पाइएको छ । मानसिक अवस्था राम्रो नभएकै कारण कारण मैले के गर्दै छु भन्ने कुराको भेउ नपाउँदा घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । सुनिलले बुधबार पनि घर छाडेर हिंडेको र परिवारका सदस्यले खोजी गरेर साँझमा फर्काएर ल्याएको जानकारी बुवा बुमाले प्रहरीलाई दिएका छन् । सुनिलले घटनाका बेला भने मादक पदार्थ सेवन नगरेको प्रहरीले जनाएको छ । घटना हुनुको कारण पत्ता लागिनसकेको र विशेष ढंगबाट अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
    सुनिललाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । नोबेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । उपचारमा संलग्न चिकित्सकलाई उद्रित गर्दै प्रहरीले दिएको जानकारी अनुसार अत्यधिक रक्तश्राव भएका कारण उनको अवस्था गम्भीर छ । चिकित्सकले सिलाई गरेर लिंग जोड्ने प्रक्रिया सुरु गरे पनि त्यो जोडिने होे या हैन भन्ने कुरा यकिन भइनसकेको प्रहरीको भनाइ छ ।
    NEWS BY SHITALNEWS.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय