राष्ट्रिय परीक्षा बोर्डले २०७५ को माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले हिजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज परीक्षाफल सार्वजनिक गरेको हो । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।
२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।एसइईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ।
एस्ईईको नतिजा अनुसार A+ ल्याएर ९५९६ जना छात्र उत्तीर्ण भएका छन् भने छात्रा २७८६ जना रहेका छन् । यसैगरी A Grade ल्याउनेमा छात्र २७२७९ र छात्रा २१६८१ जना रहेका छन् । B+ ल्याउनेमा छात्र ३४१६६ र छात्रा २६५४०, B Grade ल्याउनेमा छात्र ३९०९५ र छात्रा ३५०१५ जना रहेका छन् । यसैगरी C+ ल्याउनेमा छात्र ४५७८९ र छात्रा ५१५१०, C Grade ल्याउन छात्र ४२८८३ जना छात्रा ५२३२६ जना रहेका छन् । यसैगरी D+ ल्याउनेमा छात्रमा १९१३३ र छात्रा २४७०७ जना रहेका छन् । यसैगरी D Grade छात्र १८६६ र छात्रा २५६३,E Grade ल्याउनेमा छात्र ४२२५ छात्रा ३९८२ रहेका छन् ।
यसका लागि अंग्रेजीमा एसइई टाइप गरेर स्पेस दिँदै आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ। यसबाहेक १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ। यस्तै see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिनेछ। त्यस्तै, ३५००१ मा एसएमएस गरेर पनि एसईईको उक्त नतिजा हेर्न सकिनेछ । यसका लागि अंग्रेजीमा एसईई (SEE) टाइप गरेर एक स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर ३५००१ मा पठाउनु पर्नेछ।
परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिनेछ । टेलिकमकै वेबसाइट www.see.ntc.net.np मा पनि हेर्न सकिनेछ। त्यसमा मार्कसिट पनि हेर्न सकिने टेलिकमले जनाएको छ। यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।
NEWS BY SHITALNEWS.COM