काठमाडौं / सुनको भाउ आज पनि बढेको छ । पछिल्लो समय लगातार बढिरहेको सुन मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ ६५ हजार ५ सय पुगेको हो । यसअघि छापावाल सुन तोलामा ६५ हजार रहेको थियो ।
त्यस्तै आज तेजावी सुनको भाउ प्रतितोला ५ सय पुगेको छ । यसअघि ६४ हजार ७ सयमा कारोबार भइरहको सुन आज ६५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ ।
मंगलबार चाँदीको भाउ भने स्थिर देखिएको छ । आज चाँदी ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा भएको अस्थिरता र द्वन्द्व बढ्दा नेपालका सुनको मूल्यमा प्रभाव परिरहेको महांघको भनाइ छ ।
सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपालमा पनि बढ्नु स्वभाविक भएको बताए । विदेशमा भन्दा नेपालमा सुनको भाउ झन्डै दोब्बरले बढ्ने गरेको छ । भन्सार शुल्क यसको कारण रहेको उनले बताए ।
वर्तमान समयमा अमेरिका र इरानबीच सुरु भएको भू–राजनीतिक तनाव तथा अमेरिका र चीनबीचको व्यापार युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा समेत सुन महङ्गिएको शाक्यको भनाइ छ ।
यो समस्या तत्काल समाधान हुने नदेखिएका कारण अझै सुनको भाउ घट्ने छाट् नदेखिएको उनले बताए ।
NEWS BY SHITALNEWS.COM