चलचित्र ‘मालिका’का कथाकार तथा कार्यकारी निर्माता नरबहादुर कार्की पक्राउ परेका छन् । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामा आबद्ध नरबहादुर कार्कीलाई प्रहरीले बालुवाटारस्थित एक रेष्टुरेण्टबाट सोमबार राती पक्राउ गरेको हो ।
अभिनेत्री रेखा थापा निर्देशित फिल्म ‘मालिका’मा उनले अभिनय समेत गरेका थिए । एक सञ्चारमाध्यमलाई अन्तरवार्ता दिने क्रममा पक्राउ परेका उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
NEWS BY SHITALNEWS.COM
सम्बन्धित समाचार
थप