logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

रसुवागढी सुरुङ मार्गमा सुख्खा पहिरो, १५ कामदार थुनिए

रसुवागढी सुरुङ मार्गमा सुख्खा पहिरो, १५ कामदार थुनिए


  • शुक्रबार, असार ६ २०७६

  • रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण स्थलमा सुख्खा पहिरो जाँदा १५ जना कामदार भित्रै थुनिएका छन् ।
    रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने आयोजना स्थलमा बिहीबार साँझ करिब साढे ८ बजेतिर अकास्मत सुख्खा पहिरो गएको हो ।
    पहिरोमा परेर एक जना सामान्य घाइते भएका छन् । तर, सुख्खा पहिरोले एक सय मिटर सुरुङभित्र काम गरिरहेका ९ नेपाली र ६ जना चिनियाँ नागरिकभित्रेै थुनिएका छन् । उनीहरु आफैं बाहिर आउन सक्ने अवस्था छैन ।
    उद्दारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।
    ‘उद्दारका लागि सीमा सुरक्षा चौकीबाट ७ जना प्रहरीको टोली पुगेको छ’, उनले भने, ‘स्याप्रुवेसी र टिम्बुरे पोष्टबाट नेपाली सेना र रसुवागढी गुल्मबाट सशस्त्र प्रहरकिो २० जनाको टोली घटनास्थलमा पुगेको छ ।’
    NEWS BY SHITALNEWS.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय